काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुनेछ । अब विदेशमा रहनुभएका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नु हुनेछ र ईसेवा मनि ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ । यसपछि मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् र आरबिबि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर ईसेवा मनि ट्रान्सफरमार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँ पनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवा मनि ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका १०,०००+ ईसेवा मनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिनेछ ।
उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ईसेवा मनि ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र बस्नेतलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सम्झौता
आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७८
२२ मंसिर, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह