News Portal

  • विराटनगर महानगरपालिकामा बीमा समिति

    किन बीमा कम्पनीहरु कृषककोमा पुग्नै चाहँदैनन् ?

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
    ८३३ पटक
    २१ मंसिर, २०७८

    काठमाडौं । बीमा समितिले विराटनगर महानगरपालिमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको संयोजकत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल अधिकारीलगायतको उपस्थिति थियो । त्यस्तै बीमा कम्पनीहरुको तर्फबाट महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्रीलगायत अन्य बीमा कम्पनीका स्थानीय शाखा कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।
    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित वडाअध्यक्षहरु तथा स्थानीय तहका व्यवसायी, कृषक तथा सर्वसाधारण सहित ८० जना भन्दा धेरैको उपस्थिति थियो । कार्यक्रममा बीमा समितिका निर्देशक पुजन ढुङ्गेल अधिकारीले बीमासम्बन्धी जानकारीमुलक प्रस्तुती दिएकी थिइन् ।
    सहभागीहरुले कोरोना बीमा, स्वास्थ्य बीमा बोर्ड, कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा प्रश्नहरु उठेका थिए । सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले स्वास्थ्य बीमा बोर्डको क्षेत्राधिकार बीमा समितिको नभएको प्रष्ट पारेका थिए । त्यस्तै कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयसँग आवश्यक समन्वय भइरहेको भन्दै सिलवालले छिट्टै यो टुङ्गिने जवाफ दिएका थिए ।
    स्थानीय जनप्रतिनिधिहरुले कृषि बीमाका लागि आवश्यक समन्वय गरिदिन अनुरोध गर्दै यसका लागि स्थानीय निकायले गर्नसक्ने कुराहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    सहभागीहरुले बीमा कम्पनीहरु कृषकको घरदैलोमा पुग्नै नसकेको गुनासो गरेका थिए । स्थानीय प्रतिनिधिहरुले निर्माण क्षेत्रमा हुने बीमाको विषयमा जिज्ञासा राखेका थिए । बीमा समितिका प्रतिनिधिहरुले सार्वजनिक खरिद ऐनमै बीमा अनिवार्य भएकाले यसलाई पालना गर्नैपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले उपभोक्तासँग सम्बन्धित हरेक विषयमा बीमा अनिवार्य गरिनुपर्ने धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्