काठमाडौं । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई)को ‘प्रोजेक्ट ज्योति’ मार्फत रु. दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गर्नुभएको थियो ।
एचडीआईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्युतीय माध्यमद्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ । सो बत्तीहरूले विद्युतीय सेवाबाट बन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ ।
‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरी जडान गरिने छ । सो पावर वालले विद्यार्थीहरुलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने छ । एचडीआई नेपालका हिमाली क्षेत्रका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गर्ने गैरसरकारी संगठन हो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
ज्योति विकास बैंकद्वारा उपल्लो डोल्पाको विद्यार्थीहरुका लागि आर्थिक सहयोग प्रदान
आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७८
१६ मंसिर, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह