News Portal

  • महालक्ष्मी लाईफको थप ४ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ मंसि, २०७८
    ९२१ पटक
    १२ मंसि, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम थप ४ वटा स्थानमा सम्पन्न भएको छ । सुनसरीको राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा इन्स्योरेन्सको कार्यक्रम सम्पन्न भएको छ ।
    यसअन्तर्गत मंसिर ७ गते गुलरियाको बबई बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख वीरेन्द्रराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । सो कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए ।
    यस्तै मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखी क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले कार्यक्रममा बीमासम्बन्धी प्रशिक्षण दिएका थिए ।
    सोही दिन मंसिर ८ गते वीरगञ्जको बीपीसी कलेजमा पनि बीमा जागरणसम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो । कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले सो कार्यक्रममा प्रशिक्षण दिएका थिए ।
    त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    एमबिबिएस, बिडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा महालक्ष्मी लाईफका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

    प्रतिकृया दिनुहोस्