News Portal

  • अब पनि हामी एक नम्बर बनिरहन्छौं: सीईओ रायमाझी

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०७८
    ८९८ पटक
    १ मंसिर, २०७८

    काठमाडौ । कर दिवसको अवसरमा बीमा क्षेत्रबाट सर्वाधिक कर बुझाएको नेपाल पुनर्बीमा कम्पनीले सम्मान पाउँदै गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरमान रायमाझीले यो सम्मानलाई सधै रिन्तरता दिने गरी काम गर्ने बताएका छन् । कार्यक्रममा रायमाझीले हिमालय रि–इन्स्योरेन्सलाई एक नम्बर बन्न नदिने बताएका छन् ।
    उनले भने ‘हामी निरन्तर एक नम्बरमा छौं । त्यसैले धेरै कर तिर्दै आएका छौँ । अब पनि हामी एक नम्बर बनिरहन्छौं’ उनले भने’ अब अर्काे पुनर्बीमा कम्पनी पनि आएको छ । तर हामी उछिन्न दिँदैनौं ।’
    यसै कार्यक्रममा हिमालयन रिका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा मञ्चमा अतिथिको रुपमा थिए । उनले गोल्छाप्रति इंगित गर्दै हिमालयलाई उछिन्न नदिने बताएका हुन् । ‘अर्को पुनर्बीमा कम्पनीका अध्यक्ष शेखर गोल्छा जी यही हुनुहुन्छ । व्यक्तिगत रुपमा नलिनुहोला । तर हामी यति राम्रो काम गर्छौं कि अरुलाई उछिन्नै दिँदैनौँ’ उनले भने ।
    बीमा व्यवसाय गर्ने कम्पनीमध्येबाट सबैभन्दा धेरै आयकर बुझाएको भन्दै नेपाल पुनर्बीमालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । उक्त सम्मानपछि कार्यक्रममा बोल्दै रायमाझीले आफूहरूले अहिलेको अब्बल कामलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्