News Portal

  • सिद्धार्थ बैंकको सहयोगमा १०० वटा सेतो छडी वितरण

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
    ७५४ पटक
    २८ कार्तिक, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत १०० वटा सेतो छडीको लागि नब्बे हजार आर्थिक सहयोग गरेको छ ।
    सो रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडालाई हस्तान्तरण गरेको हो ।
    बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहिन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ ।
    अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आईरहेको उक्त संस्थालाई पुर्याएको सो रकम सहयोगबाट दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्