काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरु लिन सक्नेछन् ।
ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउनेछन् ।
एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमाजाने कामदारहरु, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरुको फाइदा लिन सक्नेछन् ।
यस सम्झौताअनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० को मेन ब्यालेन्स, ७ दिनको समय सिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् ।
त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको १०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्नेछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदालिन सक्छन् भने भारत, मलेसियातथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्नेछन् ।
सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरुमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरुको फाइदा पनि लिन सक्नेछन् ।
इच्छुक विद्यमान् सहयात्री सिमका ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवालिन सक्छन् । यो सेवा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आइएमईको शाखामा गई ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोलेर निःशुल्क सहयात्री सिम लिन पर्दछ ।
१८ वर्ष वा सो भन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरु यो योजनाको लागि योग्य रहेका छन् । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् । यो योजानाअन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरुको लाभ पनि लिन सक्नेछन् ।
ग्लोबल आइएमईमा रेमिट्यान्स खाता खोल्नेलाई एनसेलको सहयात्री सिममा बोनस नै बोनस
आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
२६ कार्तिक, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता