आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
२५ कार्तिक, २०७८काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाको रुपन्देही–५ स्थित मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा उक्त शाखाको सञ्चालनबाट सो क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बन्ने बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।