काठमाडौं । सानिमा बैंकको प्रस्तावित १७.८९४७ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक १४ गते आइतबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने छन् ।
सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
त्यस्तै, संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य १७औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जसमध्ये तुकप्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित भएका छन् ।
बैंकले कोभिड–१९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ सेयरधनीहरुको उपस्थितिमा सभा सम्पन्न गरेको हो । साथै, अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६० अर्ब ७५ करोड, कुल निक्षेप १३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १२३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।
सानिमा बैंकको १७ प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना निर्वाचित
आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७८
१५ कार्तिक, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?