News Portal

  • बीओकेका ग्राहकलाई सोवा हेल्थकेयरमा १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    ५२७ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
    यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने ओपीडी बाहेका सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
    सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्