काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखाले बीमित सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारीका लागि २०७७ चैत्र मसान्तका दिन नेपालबाट साउदी अरेविया प्रस्थान गरेका र साउदी अरेविया सरकारको नियमानुसार १५ दिन क्वारेन्टाईनमा बस्दा त्यही कोरोनाबाट संक्रमित भई उपचारको क्रममा २०७८–१–२० का दिन किङ्ग खालीद हस्पिटलमा गुरुङको मृत्यु भएको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक चुडामणि सुवेदीले बीमितका श्रीमती तथा हकवाला सितला गुरुङलाई मृत्यु दावी बापतको बीमाङ्क रु. १०,००,०००।– को चेक हस्तान्तरण गर्दै नियमानुसार बोनस स्वीकृत भएपश्चात बोनस बापत थप भुक्तानी गरिने व्यहोरा जानकारी गराए । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु, बीमितका परिवारलगायतको उपस्थिति थियो ।
सहायक महाप्रबन्धक सुवेदीका अनुसार बीमित गुरुङले २०७६ मंसिरमा धनञ्जय वार्षिक अग्रिम भुक्तानी बीमा योजनाअन्तर्गत बीमाङ्क रु. १०,००,०००।– को १५ वर्ष अवधिको बीमा गरी हालसम्म २ किस्ता बापत रु. १८१३७८।– बीमाशुल्क भुक्तानी गरेको तथा कम्पनीबाट वार्षिक फिर्ता बापत रु. ५०,०००।– फिर्ता लिइसकेको हुँदा कम्पनीमा खुद रु. १३१३७८।– मात्र जम्मा भएको थियो । कार्यक्रममा सुवेदीले प्रत्येक परिवारमा जीवन बीमाको महत्वमाथि प्रकाश पारेका थिए ।
सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
१० कार्तिक, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल बैंकको नगद लाभांश घोषणा
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न