News Portal

  • नेपाल बैंकले १७ प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
    ९८१ पटक
    ८ कार्तिक, २०७८

    काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
    बैठकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कूल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्