आर्थीकसंसार संवाददाता२० असोज, २०७८
२० असोज, २०७८काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । योसँगैं अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईनमार्फत नै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।
अनलाईनमार्फत खाताको लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।
साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाईनबाटै उच्चतम ब्याजदरसहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्नेछन्, जसअन्तर्गत ग्राहकहरुले प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैंकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले सोसल मिडिया बैंकिङ्ग, केएस आइमोबाइलजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।