काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ ।
बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका थिए ।
बैंकले सधैझै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष आउँदै गरेको दशैंमा बालबालिकाका लागि नयाँ कपडा किन्नका लागि नगद एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताएका छन् ।
साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्य सामग्री वितरण गरेको छ । यसैगरी बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मावि, रुपन्देहीको दृष्टिबिहीन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको छ ।
यसैगरी आश्विन १६ गतेका दिन बैंकको वीरगंज शाखाको सहभागितामा भिश्व डाँडामा र आश्विन १७ गतेका दिन बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाई गरेको छ । उक्त कार्यक्रमहरुमा नियमित सरसफाई कायम राख्न डस्टबिनलगायतका सरसफाईका सामग्रीहरु पनि हस्तान्तरण गरिएको थियो । बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य गर्दै आएको छ ।
सनराइज बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
आर्थीकसंसार संवाददाता२० असोज, २०७८
२० असोज, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?