
काठमाडौं । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।
मंगलबार दरबार हाई स्कुलमा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयलका प्रधानध्यापक शिवराज अधिकारीको उपस्थितिमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका थिए ।
बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।
सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।