काठमाडौं । दशैं, तिहार, नेपाल संवत तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुको लागि अफर ल्याएको छ ।
यस अफरअन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याबलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंकका क्रेडिट कार्डबाहकलाई यस्तो सेवा दिने सम्झौता भएको हो ।
यस योजनाको लागि ग्राहकहरुले बैंकको क्रेडिट कार्ड लिन अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् । यस सरल किस्ताबन्दी योजनामा ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुविधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदिजस्ता सुविधाहरु पाउनेछन् ।
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालको काठमाडौंमा ६ स्थानसहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
बीओकेका ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा सामसुङको सामान किन्न पाउने
आर्थीकसंसार संवाददाता१२ असोज, २०७८
१२ असोज, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?