News Portal

  • युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    १०२५ पटक
    ११ असोज, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख रामप्रसाद चौधरी, एजेन्सी म्यानेजर बेदप्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितिमा घोडाघोडी नगरपालिका–४ माघीका मृतक बीमितको हकवाला श्रीमती बिना चौधरीलाई चेक रकम हस्तान्तरण गरेका हुन् ।
    बीमितले २०७५ फाल्गुन २८ गते ५ लाख बीमाको बार्षिक अग्रिम भुक्तानी जीवन बीमालेख लिएका थिए । बीमितको गत साउन २६ गते काम गर्ने क्रममा करेन्ट लागि निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्