News Portal

  • बीओकेका ग्राहकले दराजमा शपिङ्ग गर्दा २० प्रतिशतसम्म छुट पाउने

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    १०४२ पटक
    ११ असोज, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
    दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट सञ्चालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्नेसक्नेछन् ।
    बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका अधिकतम २००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा अधिकतम २५०० सम्म छुटको पाउनेछन् ।
    बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्