काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । निषेधाज्ञालगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीले जनाएको छ । यसअघि भदौ ८ गते सोमबारसम्म म्याद तोकिएको थियो । अब थपिएले भदौ २३ गतेसम्म भर्न पाइनेछ । बैंकले साउन ३० गतेबाट सोमबार ९भदौ ८ गतेसम्म संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।
यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यही न्यूनतम वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि संस्थापक सेयरधनीका लागि खुला गर्दा आवेदन नपरेपछि बैंकले सर्वसाधरण लगानीकर्तालाई समेत यो सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सहारा बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बाग्लुङबाट पनि आवेदन दिन सकिनेछ । बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर अहिले लिलामी बिक्री खुला गरेको हो ।
सहारा बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप
आर्थीकसंसार संवाददाता८ भदौ, २०७७
८ भदौ, २०७७- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो