काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । कुटि रिसोर्टको विभिन्न सेवा तथा सुविधाहरुअन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, व्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्ग पुल, स्पा तथा सउनाको आनन्द लिन सक्ने छन् ।
उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्टको तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
यस बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटि रिसोर्टमा छुट
आर्थीकसंसार संवाददाता११ असोज, २०७८
११ असोज, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह