News Portal

  • नबिल बैंककाे दशैं अफर: मुद्दती खातामा ९.२६ प्रतिशत ब्याज दिने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    ११४० पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । नबिल बैंकले दशैं चाडलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको जनाएको छ ।
    यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९ दशमलव २६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ ।
    नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने बैंकको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ ।
    हालसम्म बैंकले देशभर १३५ वटा शाखा कार्यालयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्