
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको सेयरको लक इन पिरियड आगामी चैत २६ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनी तथा सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।
संस्थापक समूहको एक करोड एक लाख ५० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १४ लाख ५० हजार कित्ता र कर्मचारीहरूको ५८ हजार कित्ता गरी कूल १४ करोड ५० लाख कित्ता सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जानकारी गराएको छ ।
सूचीकृत कम्पनीले सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्म लक इन राख्नुपर्ने व्यवस्था रहेको छ । सो अनुसार सिंगटीले पनि २०७७ चैत २७ गते बाँडफाँड गरेको सेयर लक इनमा राखेको थियो ।
लक इन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ । लक इन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले एक महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।