News Portal

  • माछापुच्छ्रे बैंकका ग्राहकलाई हिल्टन होटलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०८१
    ७ पटक
    २७ चैत्र, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ ।

    यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहक, स्मार्ट युजर र माछापुच्छ्रे बैंकका कर्मचारीहरूलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ ।

    बैंकका ग्राहकहरूले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।

    बैंकले १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्