News Portal

  • टोखामा बरामद भएको २५ करोडको डलर र युरोको मालिक पौडेल

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०८१
    ६ पटक
    २० चैत्र, २०८१

    काठमाडौं । टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक नारायण पौडेल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

    विभागका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्दै आएका पौडेलको उक्त रकम रहेको खुलेको हो ।

    हालसम्मको अनुसन्धानबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको हो ।

    उनलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी भइसकेको विभाग स्रोतले जनाएको छ ।

    गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा २५ करोड नेपाली बराबरको डलर र यूरो  लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले उक्त ट्रक बरामद गरेको थियो । ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले चलाएका थिए ।

    सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लुकाइएको थियो ।

    चालक लामा र पौडेलबीच मोबाइलमा अन्तिम पटक सम्पर्क भएको विभागको भनाइ छ ।

    विभागले उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ ।

    प्रतिकृया दिनुहोस्