News Portal

  • सगरमाथा इन्स्योरेन्सद्वारा साइकलिङ प्रतियोगीको निःशुल्क दुर्घटना बीमा

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    १३५८ पटक
    २३ असोज, २०७७

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सोसँग सम्बन्धित विविध आर्थिक सहयोगसमेत गरेको छ ।
    उक्त प्रतियोगिता असोज २४ गते शनिबार भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हुन गइरहेको बक्स अफिस साइकलिङ २०२० ‘नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाउ, पर्यावरण जोगाऔं’ भन्ने मूल नाराका साथ हुँदैछ ।
    यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले विगतमा पनि आन्तरिक पर्यटनलाई बढुवा दिने उद्देश्यका साथै शारीरिक तथा मानसिक स्वच्छताका लागि एडभेन्चर स्पोर्टस् अन्तर्गत फष्ट वेमेन जोननालिष्ट एभरेष्ट एस्पेडिसन २०१८, मे थाई बक्सिङ स्पोर्टस् इभेन्टजस्ता क्रियाकलापहरुमा सहयोग तथा सहभागिता जनाइसकेको छ ।

    प्रतिकृया दिनुहोस्