काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट–८ मा सम्पन्न विशेष साधरणसभाले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको विजय लघुवित्त र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.८५ कायम गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ ।
विशेष साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र या, सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकन प्रतिवेदन, प्राप्ति गर्ने र हुने सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवम्सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन गर्नुको साथै दुई पक्ष बीच सम्पन्न अन्तिम सम्झौतापत्र समेत स्वीकृत गरको छ ।
प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात हुने संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ । सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्नेलगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित समेत गरेको संस्थाले बताएको छ ।
विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने
आर्थीकसंसार संवाददाता१७ फागुन, २०७७
१७ फागुन, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण