News Portal

  • माछापुच्छ्रे बैंकको धरान र ढल्केवर कृषि उपज बजारमा क्युआर कोर्ड सेवा

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७७
    ७६३ पटक
    १० फागुन, २०७७

    काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ ।
    धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उपनिर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गर्नुभएको हो ।
    सो क्युआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नुहुनेछ ।
    दुवै कार्यक्रममा नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवैको बचत हुने बताउनुभयो ।
    कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका पदाधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो । स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्शियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवं मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

    प्रतिकृया दिनुहोस्