News Portal

  • नेपाल ल्युब आयल लिमिटेडले सुजुकी स्वीफ्ट गाडी हस्तान्तरण

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७७
    ५६० पटक
    ९ फागुन, २०७७

    काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किमअन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्वीफ्ट जेडएक्सआई गाडी हस्तान्तरण गरेको छ ।
    बुढाथोकीले विगत ४ वर्षदेखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिअन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण गर्दै आएका छन् ।
    शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसुदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे । सो अवसरमा नेपाल ल्युब आयलका डिलर इन्चार्ज जयप्रकाश पञ्जियार र मार्केटिङ अफिसर समिप तिमिल्सिनाको समेत उपस्थिति थियो ।
    गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिबद्धता व्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयल लिमिटेडले क्लब स्किमअन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ ।
    एभ ट्रेडिङले विगत ८ वर्षदेखि नै काठमाडौं क्षेत्रमा नेपाल ल्युब आयल लिमिटेडअन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । नेपाल ल्युब आयल लिमिटेडले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।

    प्रतिकृया दिनुहोस्