News Portal

  • लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    १७८४ पटक
    ३० माघ, २०७७

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन २४ प्रतिशत भन्दा धेरैले सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार ९ अर्ब ६१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन ९ अर्ब ५६ करोड रुपैयाँ छ ।
    कम्पनीको जीवन बीमा कोष पनि २१ प्रतिशतले बढेर ७४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६१ अर्ब रुपैयाँ थियो । कम्पनी दोस्रो त्रैमासिक अवधिमा खुद मुनाफा ५० प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ११ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । विभिन्न क्षेत्रमा गरेको लगानीबाट कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
    अभिकर्ताले बीमा पोलिसी बिक्री गरेबापत एक अर्ब एक करोड रुपैयाँ कमिसन प्राप्त गरेका छन् । अभिकर्ताले गत वर्षको यही अवधिमा ८१ करोड ३९ लाख रुपैयाँ बुझेका थिए । कम्पनीको पोलिसी संख्या भने ५.९४ प्रतिशतले घटेको छ । कम्पनीले हाले ७ लाख ६ हजार वटा पोलिसी संख्या बिक्री गरेको छ । चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ छ । जगेडा कोषमा ६३ करोड ४० लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्