News Portal

  • बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले लिए सपथ

    आर्थीकसंसार संवाददाता२२ माघ २०७७
    १८५२ पटक
    २२ माघ २०७७

    काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाले बुधबार नियुक्तिपत्र बुझेर सपथ ग्रहण गरेका छन् । बिहीबार अर्थमन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा उनले अर्थसचिव शिशिरकुमार ढुङ्गानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
    नियुक्तिपत्र बुझेसँगै सिलवालले शुक्रबार बीमा समितिमा जाने जानकारी दिए । शुक्रवार बीमा समितिका सम्पूर्ण कर्मचारीहरुसँग भेटघाट गर्ने र आइतबारदेखि आफ्नो नियमित कार्यभार सम्हाल्ने सिलवालले योजना बनाएका छन् । आफु बीमा क्षेत्रमा नयाँ भएकाले बीमा क्षेत्रको बारेमा बुझेर आफ्नो काम कारबाही सुरु गर्ने शिलवालले जानकारी दिए ।
    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको थियो । अर्थमन्त्रालयमा लामो समय काम गरेका सिलवालले सूचना तथा सञ्चार मन्त्रालय, उद्योग मन्त्रालयमा, गृहमन्त्रालयको सचिव भएर काम गरेका थिए । प्रशासन क्षेत्रमा लामो समय काम गरेका सिलवाल बीमा क्षेत्रमा नयाँ हुन् ।
    बिहीबार सपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न सिलवाललाई निर्देशन दिएका थिए ।
    सपथग्रहण कार्यक्रममा पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थमन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताएका छन् । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नुपर्ने आवश्यकता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनुपर्ने बताएका छन् ।
    बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तत्काल देखापरेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

    प्रतिकृया दिनुहोस्