News Portal

  • अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकको पूर्णपाठ

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०७८
    २११४ पटक
    २५ भदौ, २०७८

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले आज गत जेठ १५ गते प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको हो ।
    सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।
    १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ । पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्