News Portal

  • उच्च अदालत पाटनको आदेशपछि गोर्खाज फाइनान्सको साधारणसभा स्थगन

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०७८
    १४२८ पटक
    २४ भदौ, २०७८

    काठमाडौं । आज हुने भनिएको गोर्खाज फाइनान्सको साधारणसभा स्थगन भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशको पत्रका कारण साधारणसभा स्थगन भएको फाइनान्सले जनाएको छ ।
    संस्थाले आज ११ बजे वार्षिक साधारणसभा आह्वान गरेको थियो । संस्थाको भदौ ९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो ।
    फाइनान्सले आर्थिक वर्ष २०७६÷७७ को संचालक समितिको प्रतिवेदन उपर छलफल गर्ने कार्ययोजना थियो । त्यस्तै साधारणसभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्ययोजना रहेको थियो ।
    साथै, प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको थियो ।

    प्रतिकृया दिनुहोस्