News Portal

  • पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश घट्यो

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १५५८ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । यसअघि २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गरेको कम्पनीले अब भने १९ प्रतिशत मात्रै दिने घोषणा गरेको हो ।
    बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनीले यसअघि प्रस्तावित नगद लाभांशमा परिवर्तन गरेको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बीमा समितिको निर्देशनअनुसार लाभांश परिमार्जन गरेको हो ।
    यसअघि १६.५० प्रतिशत बोनस सेयर र कर तिर्ने रकमसहित ३.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । समितिको निर्देशनपछि नगद लाभांश २.५० प्रतिशतमात्र झारेको हो ।

    प्रतिकृया दिनुहोस्