News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १३७८ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकले बुधबारबाट लागु हुने गरी यो छुटको व्यवस्था गरेको हो ।
    तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकहरुले उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।
    बैंकले यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्