News Portal

  • एनएमबि बैंकको ग्राहकलाई तीजको अवसरमा छुटैछुट

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १५९४ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । एनएमबि बैंकले तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्युआर कोड, पोस वा इएनएनमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० सम्म क्यासब्याकको अफर ल्याएको छ ।
    यस छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
    बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंक चार वर्षमा तीनपटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्