News Portal

  • नेशनल लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७८
    ६१९ पटक
    २२ भदौ, २०७८

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमा भोलि बैकिङ समयसम्म आवेदन दिन पाइनेछ ।
    कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर लिलाीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । त्यसकारण सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
    इच्छुक आवेदकले उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
    बुधवारसम्म प्राप्त भएका बोलपत्र आगामी भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल नारायाणचौर, नक्सालमा खोलिने पनि कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्