News Portal

  • नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    ८५६ पटक
    २० भदौ, २०७८

    काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । बैंकको अनुसार यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ ।
    सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।
    नबिल डिजी वर्क स्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता रहेका बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।
    नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त रहेको पौड्यालले बताए ।
    पौड्यालको अनुसार यस वर्कस्पेसमा अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्वीकृत गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्