News Portal

  • नेचर सुपर मार्केटको ‘तिज विशेष अफर’ योजना

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७८
    ४७४ पटक
    २० भदौ, २०७८

    काठमाडौं । नेचर सुपर मार्केट प्रालिले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरेर ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए ।
    अफरअन्तर्गत १ हजार ५ सय रुपैयाँदेखि २ हजार ४ सय ९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्नेछन् । २ हजार ५ सय रुपैयाँदेखि ४ हजार ९ सय ९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्नेछन् भने ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिनेछ ।
    नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागु हुनेछ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपर मार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको सुविधा निःशुल्क उपलब्ध रहेको धामीले जानकारी दिए ।
    ‘उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी नेचर सुपरमार्केट प्रालिले समयसमय उपभोक्तामुखी विभिन्न खालका अफरहरु ल्याइरहेको छ’, सञ्चालक धामीले भने, ‘आगामी दिनमा पनि विभिन्न खालका अफरहरु ल्याउनेछौं ।

    प्रतिकृया दिनुहोस्