काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई केन्द्रित गर्दै काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन टेस्ट क्याम्प आयोजना गरेको हो ।
क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना विरुद्धको लडाइँमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।
आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
कुमारी बैंकद्वारा निःशुल्क एन्टिजन टेस्ट क्याम्पको आयोजना
आर्थीकसंसार संवाददाता१८ भदौ, २०७८
१८ भदौ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर