News Portal

  • एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिना निःशुल्क रेमिट्यान्स पठाउन सकिने

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
    ७९३ पटक
    १७ भदौ, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको छ ।
    बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।
    सेल्फ हेल्प बैंकिङ्गको अवधारणाअनुरुप मोबाइल बैंकिङ्ग एपमार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एपभित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
    यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट सहजै झिक्न सकिनेछ ।
    कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका साथसाथै समयको बचत भई महामारीकाबीच सुरक्षित रहन सहयोग मिल्ने विश्वास बैंकले लिएको जनाएको छ ।
    बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

    प्रतिकृया दिनुहोस्