News Portal

  • लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
    ९०९ पटक
    १७ भदौ, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले निष्काशिन गरेको २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेप्सेमा सूचीकृत भएको हो ।
    आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।
    सूचीकरणपश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्