News Portal

  • इन्भेष्टमेण्ट बैंकको ८७औं शाखा सिन्धुली माडीमा

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८
    १००५ पटक
    १५ भदौ, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ । सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
    बैंकले हाल ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट बैंकिङ सेवा दिँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको सो बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।
    यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

    प्रतिकृया दिनुहोस्