News Portal

  • नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७८
    १०३६ पटक
    १३ भदौ, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।

     

    प्रतिकृया दिनुहोस्