News Portal

  • नेपाल लाइफले नेशनल मर्चेन्टको ५१ प्रतिशत सेयर किन्ने

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७८
    ७७८ पटक
    १३ भदौ, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
    सो समझदारीपत्रमा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले हस्ताक्षर गरेका हुन् । नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवम चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ ।
    कार्यक्रममा दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।
    नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजी बजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

    प्रतिकृया दिनुहोस्