News Portal

  • मेगा बैंकका ग्राहकले ओम अस्पतालको उपचारमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७८
    ७०२ पटक
    १२ भदौ, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।
    सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।
    मेगा बैंकका ग्राहकहरुलाई यसअघिदेखि नै काठमाडौंलगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्