News Portal

  • ज्योति विकास बैंकद्वारा जननमुना माध्यमिक विद्यालयलाई सहयोग

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
    ५३१ पटक
    ११ भदौ, २०७८

    काठमाडौं । ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा–६ स्थित श्री जन नमुना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
    समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि बैंकले सो विद्यालयलाई एक कार्यक्रममार्फत रु. एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ ।
    विद्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जीवन जोशी, विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर–६ सुर्खेतका वडा अध्यक्ष मोतीप्रसाद कँडेलको उपस्थिति रहेको थियो । खानेपानी धाराको जडानपश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन् ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको बैंकले जनाएको छ ।
    बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्