News Portal

  • एनएमबि बैंकले कञ्चन बैंकलाई प्राप्तीपछि एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ८५८ पटक
    ७ भदौ, २०७७

    काठमाडौं । एनएमबि बैंकले सुदूरपश्चिमको बलियो रुपमा रहेको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको छ ।
    नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । गत माघ २६ गते एनएमबि बैंकले कञ्चन बैंकलाई खरीद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते अन्तिम हस्ताक्षर गरेका थिए ।
    एनएमबिले कञ्चनलाई १०० कित्ता शेयर बराबर ८५ कित्ताको अनुपातमा खरीद गरेको हो । योसँगै कञ्चन बैंकका शेयरधनीहरुले १०० कित्ता बराबर एनएमबि बैंकको ८५ कित्ता शेयर पाउने छन् ।
    कञ्चन बैंक प्राप्तिपछि एनएमबि बैंकको सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति कायम भएको छ । बैंकले यसअघि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे प्रदेश नम्बर ४ मा बलियो उपस्थिति बनाएको थियो । कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्