News Portal

  • नेपाल राष्ट्र बैंकले त्रिविका विद्यार्थीलाई अनुसन्धान गर्न फेलोसिप दिने

    आर्थीकसंसार संवाददाता२ भाद्र, २०७८
    ६९५ पटक
    २ भाद्र, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबबार बैंकमा आयोजित कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो ।
    उक्त समझदारीपत्रमा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा रामजी गौतमले हस्ताक्षर गरे ।
    उक्त सम्झौताअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्न प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउने छ ।
    साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ । गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैमा सकारात्मक सुरुआत रहेको बताए ।

    प्रतिकृया दिनुहोस्