News Portal

  • नबिल बैंकद्वारा पनि ‘नबिल क्यास मेसिन’ सुरु

    आर्थीकसंसार संवाददाता२ भाद्र, २०७८
    १३८१ पटक
    २ भाद्र, २०७८

    काठमाडौं । अब नबिल बैंकको पैसा जम्मा गर्न बैंक धाउनु नपर्ने भएको छ । बैंकले नगद जम्मा गर्नका लागि बैंकको नगद काउन्टरमै श–शरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै नबिल क्यास मेसिन सेवा सुविधा ल्याएको हो ।
    बैंकले भदौ २ गतेबाट नबिल क्यास मेसिन सेवा सञ्चालनमा ल्याएको हो । यससँगै अब बैंकको क्यास मेसिनबाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।
    बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट यो सेवा सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० रुपैयाँ जम्मा गर्न सक्नेछन् ।
    यसमार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा पैसा जम्मा गर्न सकिनेछ । साथै यस मार्फत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् । यसअघि प्रभु बैंकले पनि यस्तो सेवा सुरु गरिकसेको छ ।

    प्रतिकृया दिनुहोस्