News Portal

  • एशियन लाईफको अध्यक्ष दिपककुमार श्रेष्ठद्वारा सपथ ग्रहण

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७८
    १०९० पटक
    १ भदौ, २०७८

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
    सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
    आइतबार बाराको सिमरामा सम्पन्न १२औं साधारणसभाबाट आगामी चार वर्षे कार्यकालको लागि सञ्चालक समितिको सदस्य पदमा श्रेष्ठ निर्वाचित भएपछि कम्पनीको सञ्चालक समितिको १६४औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्